१७ पुस २०८२ बिहीबार
image/svg+xml
राजनीति

मधेस सरकारको नेतृत्व दिएकामा कांग्रेस–एमालेसँग सिके अनुगृहीत

जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले मधेस प्रदेश सरकारको नेतृत्व दिएकामा नेपाली कांग्रेस र नेकपा एमालेसँग अनुगृहीत सुनिएका छन्।

बुधबार नागरिक फ्रन्टलाइनमा अन्तर्वार्ता दिँदै अध्यक्ष राउत कांग्रेस–एमालेसँग अनुग्रहसित सुनिएका हुन्।

वार्तामा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले ‘सरकारलाई दिएको समर्थनमा तपाईंको मतदाता कत्तिको सन्तुष्ट छन् ?’ भन्ने प्रश्न सोधेका थिए।

जसको जवाफमा सिकेले मधेस सरकारको नेतृत्वकै सहमतिअनुसार आफ्नो पार्टी सन्तुष्ट रहेको बताएका हुन्।

‘सरकारलाई समर्थन गर्दा केन्द्रमा र लुम्बिनीमा कतै केही पाएका छैनौँ। सुरुमै मधेसमा तपाईंले सरकार चलाउने भन्नुभएको थियो। त्यसैले हामीले केही मागेका पनि छैनौँ,’ उनले भने, ‘हामी मधेस सरकारलाई कसरी प्रभावकारी बनाउने भन्नेतिरै लागेका छौँ।’

मधेस प्रदेश सरकारको नेतृत्वका लागि अध्यक्ष राउतले कांग्रेस–एमालेलाई धन्यवाद दिए। ‘म उहाँहरुलाई धन्यवाद पनि भन्न चाहन्छु, मधेस प्रदेशमा हाम्रो त जम्मा १३ वटा सिट मात्रै थियो। त्यहाँ ठुला दल नेपाली कांग्रेस र एमालेकै धेरै सिटहरू छन्, यस्तोमा जनमत पार्टीलाई मौका दिनुभएको छ। यसैले सहकार्यको अगाडि बढोस् भन्ने नै चाहन्छौँ,’ उनले भने।

प्रकाशित: १० वैशाख २०८२ २०:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App