२० पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

दाहाल र देउवासँग भेटपछि प्रधानमन्त्रीको सन्देश: गणतन्त्रको रक्षा गर्न एकताबद्ध छौँ

शनिवार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको बैठक बस्यो। प्रमुख दलका तीन शीर्ष नेता सङ्क्रमणकालीन न्याय सम्बन्धी आयोगबारे छलफल गर्न यो बैठक बसेको बताइएको छ। 

माओवादी केन्द्र अध्यक्ष दाहाल सरकारको कटु आलोचना गर्दै हिँडेका र सरकार पनि ढल्न लागेको भनेर अभिव्यक्ति दिइरहेका बेला यो बैठक बसेको हो। बैठकपछि दाहाल र देउवाले अभिव्यक्ति सार्वजनिक गरिसकेका छैनन्। तर प्रधानमन्त्री ओलीले भने शनिवार साँझै फेसबुकमा एक पोस्ट सार्वजनिक गरेका छन्। 

‘वर्तमान राजनीतिक व्यवस्था र संविधानको रक्षाका विषयमा प्रमुख दलका शीर्ष नेताहरूसँग महत्त्वपूर्ण परामर्श भयो,’ प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘समावेशी गणतन्त्रको रक्षा गर्दै शान्ति सुव्यवस्था कायम राख्न सबै राजनीतिक शक्ति एकताबद्ध हुनुपर्नेमा हामी सहमत छौँ।’ 

यस्तै ‘सङ्क्रमणकालीन न्यायका मुद्दाहरूलाई पनि प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दछौँ’ भनेर ओलीले लेखेका छन्। 

प्रधानमन्त्रीले लेखेको आशयमा पछिल्लो समय पूर्व राजा ज्ञानेन्द्र शाहको अभिव्यक्ति र राजावादीहरूले बढाएको सक्रियताबारे पनि तीन नेताबिच छलफल भएको देखिन्छ। 

प्रकाशित: ६ वैशाख २०८२ २०:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App