२५ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

दाहालको दाबी: पञ्चायतले जेलनेल दियो, गणतन्त्रले नेपाल संवतलाई राष्ट्रिय मान्यता

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेवा: संस्कृतिका अभियन्तालाई पञ्चायतमा भोगेको यातनाको सम्मानमा आफूले नेपाल संवतलाई राष्ट्रिय संवतको मान्यता दिएको दाबी गरेका छन्। शनिवार माओवादी निकट नेवा: राष्ट्रिय मुक्ति मोर्चाले आयोजना गरेको प्रतिगमन, बेथिति र भ्रष्ट्राचारविरुद्ध खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले यस्तो दाबी गरेका हुन्। 

‘मैले नेपाल संवतलाई राष्ट्रिय संवत् घोषणा गरेको थिएँ। त्यसको निम्ति उहाँहरूले धेरै जेल, नेल, सङ्घर्ष र यातना पञ्चायत कालमा धेरै भोग्नुभएको थियो,’ दाहालले भने, ‘नेपाल संवतको बारेमा र नेपाल भाषाको बारेमा उहाँहरूले लडेको लडाइँको सम्मानमा नयाँ सरकारले, गणतन्त्रको सरकारले सम्मानमा गर्नै पर्छ भनेर मैले नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरेँ।’ 

आफू प्रधानमन्त्री हुँदा नेपाल भाषालाई सरकारी दस्ताबेजको भाषाको रूपमा प्रयोग गर्ने निर्णय लिएको पनि उनले बताए। उनले भने, ‘मेरै निर्देशनमा प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय गरियो।’ 

प्रकाशित: ६ वैशाख २०८२ १६:१४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App