११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

नेपाल गरिब हुने देश नै होइन : भण्डारी

नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले नेपाल गरिब हुने देश नै नभएको बताएका छन्।

बिहीबार (आज) पार्टीको बाँके क्षेत्र नं. १ तेस्रो सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

'हामी गरिब हुने मान्छे नै होइनौँ, नेपाल गरिब हुने देश नै होइन। तर, नबुझेर, नजानेर अहिले त हामी कता हो कता, देश वृद्धाश्रम जस्तो भयो भन्छौँ,' उनले भने।

उनले राजनीति गर्ने मान्छेले देश बनाउँछु भनेर सङ्कल्प गर्नुपर्ने पनि बताए। 'नेता हुँ, देश बनाउँछु' नै अहिलेको मूल मन्त्र रहेको उनले बताए। 

प्रकाशित: २८ चैत्र २०८१ १७:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App