कोशीमा वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम सञ्चालन गरिने भएको छ । शुक्रबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले वृद्धिमुखी उद्यमशीलता र रोजगारी प्रवर्धन कार्यक्रम कार्यान्वयन कार्यविधि २०८२ लाई स्वीकृत गरेसँगै कार्यक्रम सञ्चालनको बाटो खुलेको हो ।
यो कार्यक्रम स्थानिय तहहरूसँगको सहकार्यमा सञ्चालन गरिने कोशी प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले बताए । त्यस्तै कोशी जनता आवास कार्यक्रम कार्यविधिलाई प्रदेश सरकार प्रदेश मामिला तथा विधायन समितिमा छलफल गरी अर्को मन्त्रिपरिषदको बैठकमा पेश गर्ने निर्णय भएको छ । त्यस्तै सम्पन्न आयोजना हस्तान्तरण कार्यविधि २०८२ लाई स्वीकृत गर्ने निर्णय समेते बैठकले गरेको छ ।
बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरुवा भई आउनुभएका सहसचिव नारायणप्रसाद रिसाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेश सचिवको रुपमा कामकाजमा खटाउने निर्णय समेत गरेको मन्त्री भण्डारीले जानकारी दिए ।
प्रकाशित: ११ पुस २०८२ १९:१८ शुक्रबार





