९ फाल्गुन २०८२ शनिबार
image/svg+xml
स्वास्थ्य

विराटनगरमा पशुचौपायालाई निःशुल्क खोप

विराटनगर महानगरपालिकाले पिपीआर-स्वाइन फिभरविरुद्धको निःशुल्क खोप सुरु गरेको छ ।  

महानगरको कृषि तथा पशुपन्छी विकास शाखाको आयोजनामा खसी, बाख्रा र सुँगुर–बङ्गुरमा लाग्ने पिपीआर-स्वाइन फिभरविरुद्धको निःशुल्क खोप सुरु गरिएको हो । विराटनगर–४ इक्राहीस्थित पूजा कृषि फार्मबाट शुक्रबार खोप अभियान सुरु गरिएको शाखाका संयोजक हिरालाल यादवले जानकारी दिए ।  

सबै वडामा किसानले पालेका २४ हजार १०० खसीबाख्रालाई पिपीआर खोप लगाइनेछ । त्यस्तै सुँगुर–बङ्गुरलाई एक हजार १०० डोज खोप लगाइने शाखाका संयोजक यादवले जानकारी दिए ।  

आर्थिक विकास समितिका संयोजक श्याम घिमिरेले यस किसिमको खोपबाट पशुमा अनाहक रूपमा लाग्ने रोगलाई नियन्त्रण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे । 

प्रकाशित: ११ पुस २०८२ १९:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App