१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

भगवती चौधरीलाई जिताउन तीन सय बढी जेनजी एमालेमा प्रवेश

सुनसरीका तीन सयभन्दा बढी जेनजी युवाहरू नेकपा (एमाले) मा प्रवेश गरेका छन्। इटहरीमा आयोजित जेनजीसँग भेटघाट तथा अन्तक्रिया कार्यक्रममा सो क्षेत्रका तीन सय युवाहरू भगवती चौधरीलाई जिताउने अभियानमा जोडिँदै एमालेमा प्रवेश गरेका हुन्।

सो अवसरमा जेनजी युवाहरूलाई स्वागत गर्दै उम्मेदवार भगवती चौधरीले जेनजीका माग र मुद्दाहरू एमालेले मात्र संवोधन गर्न सक्ने बताइन्। एमाले देश र जनताको सच्चा पार्टी भएको चर्चा गर्दा चौधरीले भदौ २३ र २४ गतेपछिको विषम परिस्थितिबाट मुलुकलाई अगाडि बढाउन एमालेले निर्णायक भूमिका खेलेको र पछिल्लो समय युवाहरूका माग र मुद्दाप्रति केन्द्रित भएर घोषणा पत्र तयार पारेको पनि बताइन्। साथै उनले देश विकास गर्न युवाहरूमा लगानी गर्नुपर्ने बताउँदै युवाहरूलाई देशमै स्वरोजगार बनाउनु पर्ने बताइन्।

सुनसरी ३ युवा परिचालन कमिटीले वडा नम्बर ६ देखि १५ सम्मका युवा सहभागी गराएर कार्यक्रम आयोजना गरेको कार्यक्रमका अध्यक्ष युवा नेता सबिन श्रेष्ठले बताए। सुनसरी ३ का चुनावी कमाण्डर लिलम बस्नेतले चौधरीलाई ११ हजार बढी मतान्तरले जिताउने प्रतिबद्धता व्यक्त गर्दै त्यस कार्यमा युवाहरूको सक्रिय सहभागीताको अपेक्षा गरिन्। 

चौधरी जनताका हरेक सुख दुखःमा साथ दिने नेतृ भएकोले उनलाई पुनः जिताएर पठाए क्षेत्रको मात्र नभइ समग्र देशको हित हुने उल्लेख गरिन्।

प्रकाशित: ९ फाल्गुन २०८२ २१:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App