२ माघ २०८२ शुक्रबार
image/svg+xml
राजनीति

विरोधीलाई फ्रीमा रेल चढाउँला भनेको कोही आएनन्: प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशसभालाई  विशेष  सम्बोधन गर्दै  नेपालमा रेल चलाउने कुरा गर्दा विरोध गर्नेहरूलाई सित्तैमा रेल चढाइदिने भनेको तर कोही पनि सम्पर्कमा नआएको बताएका छन् ।

आफूले नेपालमा रेल चलाउने कुरा गर्दा मजाकको विषय बनाइएको स्मरण गर्दै उनले भने ,'नहुने केही छैन, गर्न सक्नुपर्छ ।'

प्रधानमन्त्री  ओलीले भने, ‘मैले रेलको कुरा गर्दा मानिसहरूले मजाक उडाएका थिए । तर जनकपुरधाम आएर मैले आफैंले टिकट काटेर रेल चढेँ । मैले साथीहरूलाई भनेको थिएँ, जोजोले विरोध गर्नुहुन्छ, जनकपुरमा फ्रीमा एकपल्ट कुदाइदिउँला भनेको कोही पनि फ्रीमा रेल  चढ्न  आएनन् ।’

विगतमा जनकपुर–जयनगर रेल चलेर लामो समयसम्म बन्द भएको तर अघिल्लो पटक आफूले सरकारको नेतृत्व गर्दा पुनः चलाउन सुरु गरेको उनले बताए । यसबाट जनतालाई सुविधा पुगेको उनले बताए ।

‘रेल निर्माण गर्न लगाएर, रेल किनेर फेरि सञ्चालन गर्न थाल्यौँ । त्यसले जनतालाई छिटो, सस्तो सुविधा पुगेको छ,’ उनले भने ।

सुरुमा नयाँ कुरा गर्दा कसैले नपत्याउनु स्वाभाविक भएको उनले बताए । आत्मविश्वास नभएको व्यक्तिले कुरा काट्ने गरेको बताउँदै उनले भने, ‘सुरुसुरुमा त्यस्तै हो, मान्छेले कुरा काट्छ, विश्वास गर्दैन, पत्याउँदैन । हुँदैन, सकिँदैन भन्छ। आत्मविश्वास छैन भने सकिँदैन ।’ 

प्रकाशित: २६ चैत्र २०८१ १५:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App