३ वैशाख २०८२ बुधबार
image/svg+xml २३:१० अपराह्न
राजनीति

सात मधेसवादी राजनीतिक दलद्वारा संघीय लोकतान्त्रिक मोर्चा घोषणा

सात मधेसवादी राजनीतिक दलहरुले संघीय लोकतान्त्रिक मोर्चा घोषणा गरेका छन् ।

बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सात मधेसवादी राजनीतिक दलहरुले संघीय लोकतान्त्रिक मोर्चा गठन गरेका हुन् ।  

मोर्चामा तराई/मधेसकेन्द्रित सात राजनीतिक दलहरु आवद्ध छन् । जनमत पार्टी, जनता समाजवादी पार्टी, नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय उन्मुक्ति पार्टी, राष्ट्रिय मुक्ति पार्टी, जनता प्रगतिशिल पार्टी र तराई मधेस लोकतान्त्रिक पार्टीले संयुक्त मोर्चा घोषणा गरेका हुन् ।

संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सुदृढीकरण गर्ने, सामथ्र्य र पहिचानको आधारमा प्रदेशहरूको नामांकन र संरचना गर्न/गराउन साथै संघीयताको प्रभावकारी कार्यान्वयन गर्न संघ र प्रदेश सरकारहरूका बीचको क्षेत्राधिकार स्पष्ट पार्ने मोर्चाका उद्देश्य र राजनीतिक प्रतिवद्धताहरू रहेका छन् ।

प्रकाशित: २१ चैत्र २०८१ १८:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App