२९ चैत्र २०८१ शुक्रबार
image/svg+xml ३:३१ पूर्वाह्न
राजनीति

बालेन सचिवालय भन्छ: सरकार आफैँ भ्रष्टाचारी हो भन्ने स्पष्ट पार्‍यो

काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं कार्यालय हाजिर भएका छन् ।

बिहीबार गुरागाईंले कर्मचारी र नगर प्रहरीबिचको तनाव झेल्दै कार्यकक्षमा पुगेर हाजिर गरेका हुन् ।

यसैबिच, मेयर बालेन शाहले गुरागराईंलाई रोक्न खोजेका थिए । महानगर प्रहरीहरूलाई बाक्लै रुपमा खटाइएको थियो। प्रहरीहरूलाई धकेल्दै गुरागाईं कार्यालय प्रवेश गरेका थिए।

नगर प्रहरीको अवरोधबिच प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कर्मचारी र जनप्रतिनिधिले कार्यकक्षमा प्रवेश गराएका थिए।

यता मेयर शाहको सचिवालयले भने यो कुराले सरकार आफै भ्रष्टाचारी हो भन्ने स्पष्ट पारेको प्रतिक्रिया दिएको छ। मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहले नागरिकसँग कुरा गर्दै सरकारले भ्रष्टाचारीलाई संरक्षण गरेको पनि बताएका छन्।

'सरकारले भ्रष्टाचारमा संलग्न भएको व्यक्तिको संरक्षण गरेर आफैँ  भ्रष्टाचारी हो भनेर स्पष्ट पारेको छ', उनले भने,'उहाँले आफूसँग नभएको अधिकार प्रयोग गरिसक्नुभएको छ। अब अनुसन्धान गर्ने निकायले उहाँलाई दोषी देखाएमा सबै जना जेल जान तयार भएर बसे हुन्छ।'

शाहले गुरागाईँमाथि छानबिन गर्नका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत पत्र पठाइसकेको बताए। आयोगले छिटो भन्दा छिटो अनुसन्धान गर्दिन पनि उनले माग गरे। 

प्रकाशित: २१ चैत्र २०८१ १५:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App