२५ चैत्र २०८१ सोमबार
image/svg+xml १५:४९ अपराह्न
राजनीति

अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति बिर्सन मिल्दैन: राष्ट्रपति पौडेल

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुने र संविधानको व्यवस्था, मर्म र भावना भुले नेपाली जनतालाई स्वीकार्य नहुने बताउँदै संविधानले दिएको हाम्रो अधिकार प्रयोग गर्दा त्यही संविधानले अपेक्षा गरेको लोकतान्त्रिक संस्कृति र संस्कारको  बिर्सिए जनतालाई स्वीकार्य नहुने स्पष्ट पारेका छन्।

‘लामो संघर्ष, त्याग र बलिदानबाट जनता आफैँले बनाएको संविधानले प्रत्येक नागरिकलाई आफ्नो असहमति राख्ने अधिकार प्रदान गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको यो सर्वाधिक सुन्दर पक्ष हो । तर, संविधानले प्रदान गरेको यो अधिकार प्रयोग गर्दा हामी कति जिम्मेवार हुनुपर्छ भन्ने कुरा पनि त्यत्तिकै महत्त्वपूर्ण छ” राष्ट्रपति पौडेलले रेडियो नेपालको हीरक महोत्सवको बुधवार उद्घाटन गर्दै भने, “संविधानले दिएको हाम्रो अधिकार प्रयोग गर्दा हाम्रै संविधानले एउटा लोकतान्त्रिक संस्कृति र संस्कारको अपेक्षा गरेको छ भन्ने पनि हामीले बिर्सन हुन्न । र, लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हो । संविधानको यो व्यवस्था, मर्म र भावना हामीले भुल्यौँ भने नेपाली जनतालाई स्वीकार्य हुने छैन ।”

राष्ट्रपति पौडेलले स्वतन्त्रताका नाममा हुने हिंसा, तोड़फोड़, आगजनी र लुटपाट सर्वदा निषेधित रहेको पनि स्पष्ट पारे। उनले भने, ‘नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्बाध स्वतन्त्रता प्रदान गरेको छ । तर स्वतन्त्रताको नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य सर्वदा निषेधित छ ।  यस्तो प्रकृतिको घटना हुन नदिन सबै गम्भीर बन्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’

राष्ट्रपति पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकार र सञ्चारमाध्यमको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै सञ्चारजगतको यो महत्त्वपूर्ण र गम्भीर जिम्मेवारीलाई बोध गरेर नै संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरिएको बताए।

उनले केही दिनअगाडि काठमाडौंमा भएको घटनाको क्रममा जनधनको जुन क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै होनहार पत्रकार र नागरिकको मृत्यु हुनु दुखद भएको बताए। 

प्रकाशित: २० चैत्र २०८१ १२:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App