११ पुस २०८२ शुक्रबार
image/svg+xml
राजनीति

राजावादी आन्दोलनप्रति देउवा- भारतले उचाल्यो भन्छन्, तर मलाई विश्वास छैन

पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा राजसंस्था नफर्किने बताएका छन्। 

सोमबार (आज) काठमाडौंमा आयोजित 'नेपाल भारत सम्बन्ध सुदृढ गर्न भारतका पूर्वप्रधानमन्त्री चन्द्रशेखरजीले पुर्‍याउनुभएको योगदान' विषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै देउवाले यस्तो बताएका हुन्।

उनले राजावादीहरूलाई भारतले उचाल्यो भन्ने टिप्पणी पनि हुने गरेको उल्लेख गर्दै त्यसमा आफूले विश्वास नगरेको बताए। 'भारतले उचाल्यो कि के हो भन्ने पनि छ। यहाँ योगी आदित्यनाथको फोटो पनि छापियो। तर, मलाई विश्वास लाग्दैन,' उनले भने।

उनले थपे, 'मलाई विश्वास छ- भारत नेपालसित छ, गणतन्त्रसित छ र नेपालीसित छ।'

प्रकाशित: २५ चैत्र २०८१ १५:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App