२५ चैत्र २०८१ सोमबार
image/svg+xml १५:४९ अपराह्न
राजनीति

ओली र शिनावातको भेट : नेपाल-थाइल्याण्डबीच विभिन्न सम्झौतापत्रमा हस्ताक्षर

थाइल्याण्ड भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच भेटमा संस्कृति र पर्यटन क्षेत्रसहित विभिन्न सम्झौतापत्रमा हस्ताक्षर भएको छ। 

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, सल्लाहकार विष्णुप्रसाद रिमाल, डा. युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल र सचिव अमृतबहादुर राई, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल लगायत थिए। शिनावातले सरकारी भवनमा ओलीलाई स्वागत गरेकी थिइन्। सम्झौतासँगै दुई देशका संस्थाबीच छ सहमतिपत्र आदानप्रदान गरिएको छ। 

त्यसपछि भएको संयुक्त पत्रकार सम्मेलनमा दुबै राष्ट्र प्रमुखले विभिन्न क्षेत्रमा सहकार्यलाई जोड दिने बताए। शिनावातले आयोजना गरेको दिवभोजमा ओली सहभागी हुनेछन्। आजै उनले थाइ नरेश महा बजिरालोङकर्नसँग भेट्ने कार्यक्रम छन्।

प्रकाशित: २० चैत्र २०८१ ११:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App