१५ चैत्र २०८१ शुक्रबार
image/svg+xml २०:१ अपराह्न
राजनीति

स्ववियु निर्वाचन माग गर्दै पाटनमा अखिल क्रान्तिकारीका खत्री बसे रिले अनसन

स्ववियु निर्वाचन गराउन माग गर्दै पाटन क्याम्पसमा नेकपा (माओवादी केन्द्र) निकट अखिल क्रान्तिकारीले रिले अनसन सुरु गरेको छ ।

अखिल क्रान्तिकारी पाटन क्याम्पस कमिटीका उपाध्यक्ष एवं स्ववियु निर्वाचनमा सचिव पदका उम्मेदवार टीकाराम खत्री रिले अनसनमा बसेका हुन् ।

निष्पक्ष एवं धाँधलीरहित स्ववियु निर्वाचनको ग्यारेन्टी गर , शान्ति सुरक्षा कायम गर , तत्काल स्ववियु निर्वाचनको मिति सार्वजनिक गर्नुपर्ने खत्रीको माग छ।

पाटन क्याम्पसमा चैत ५ गते मतदान भइरहेका बेला नक्कली मतदाता देखिएको भन्दै विवाद सुरु भएपछि मतदान नै स्थगित गरिएको थियो ।

विद्यार्थीहरूका अनुसार भोटर लिस्टको नाम र भोटर कार्ड पनि फरक–फरक भेटिएको भन्दै विवाद बढेपछि अनेरास्ववियु र नेविसंघबीच कुटाकुटसमेत भएको थियो।

अहिलेसम्म मतदानको नयाँ मिति तोकिएको छैन। मिति नतोकिएपछि अखिल क्रान्तिकारीले शान्तिपूर्ण वातावरणमा स्ववियु निर्वाचन गराउन माग गर्दै आएको छ ।

प्रकाशित: १२ चैत्र २०८१ ११:५४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App