१९ चैत्र २०८१ मंगलबार
image/svg+xml १३:५३ अपराह्न
राजनीति

माओवादी नेता दाहालको माग: पूर्वराजालाई तत्काल गिरफ्तार गरियोस्

नेकपा माओवादी केन्द्रका नेता लेखनाथ दाहाल (राजन दाहाल) ले पूर्वराजा ज्ञानेन्द्र शाहलाई तत्काल गिरफ्तार गर्न माग गरेको दाबी गरिएको छ। सामाजिक सञ्जाल फेसबुकमा लेखिएको एक स्टाटसमा उनले शाहको सेवा, सुविधा र सुरक्षा खारेज गरी गिरफ्तार गर्नुपर्ने उल्लेख गरेका छन्। 

स्टाटसमा उनले भनेका छन्, ‘ज्ञानेन्द्रका समर्थकले राजावादीहरूको हिंसात्मक गतिविधिको भिडियो खिच्न गएका एभिन्यूज टेलिभिजनका पत्रकार सुरेश रजकलाई जिउँदै आगो लगाएर हत्या गरेका छन्। तत्काल गिरफ्तार गरी मुद्दा चलाउनुपर्छ।’ 

उनले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै सरकारसँग उचित क्षतिपूर्तिको माग पनि गरेका छन्। समाचार अनुसार, काठमाडौँको तीनकुनेमा राजसंस्था समर्थकको प्रदर्शन उग्र बन्दा रजकको जलेर मृत्यु भएको थियो। प्रदर्शनकारीले आगजनी र तोडफोड गर्दै निषेधित क्षेत्रतर्फ अघि बढेपछि प्रहरीसँग झडप भएको बताइएको छ।

प्रकाशित: १५ चैत्र २०८१ १९:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App