वडा सदस्यको मृत्युमा शोक मनाउन ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले चैत १७ गते आइतबाार एकदिन सार्वजनिक बिदा दिएको छ । पालिका अध्यक्ष राजन लिम्बूले अध्यक्ष स्तरीय निर्णय गर्दै बिदा दिएका हुन् ।
फक्ताङलुङ गाउँपालिकाका वडा नं ४ इखाबुका वडा सदस्य दिलमाया विकको मृत्यु भएको र शोक मनाउन चैत १७ गते एकदिनका लागि पालिकाभरी सार्वजनिक बिदा दिएको उनको निर्णय छ ।
पालिकाले बिकको मृत्युसँगै पालिकाका एक सालिन र कुशल जनप्रतिनिधि गुमाएको भन्दै दुःख व्यक्त समेत गरेको छ ।
प्रकाशित: १५ चैत्र २०८१ १९:३२ शुक्रबार