१७ पुस २०८२ बिहीबार
image/svg+xml
समाज

पाँच दिनदेखि बेपत्ता युवा मृत फेला

तनहुँमा पाँच दिनदेखि बेपत्ता गोरखाका एक युवा मृत फेला परेका छन्। आबुखैरेनी गाउँपालिका–२ एक्लेफाँटस्थित मर्स्याङ्दी नदीमा आज ती युवा मृत फेला परेका हुन।  

मृत फेला पर्नेमा गोरखाको नौ किलो घर भएका ३० वर्षीय राहुल कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए। 

एक्लेफाँटस्थित ऐना होटलमा काम गर्ने कुमाल यही चैत ५ गतेदेखि बेपत्ता थिए। शसस्त्र प्रहरी बल मनकामना गण भानुको टोलीले खोजतलास गर्ने क्रममा उनको शव फेला पारेको प्रहरीले जनाएको छ। रासस

प्रकाशित: ९ चैत्र २०८१ ११:०४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App