२५ चैत्र २०८१ सोमबार
image/svg+xml ५:३३ पूर्वाह्न
राजनीति

जलन पीडितहरुको उपचार तथा पुनःस्थापनाका लागि सरकार संवेदनशील छः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जलन पीडितहरुको उपचार तथा पुनःस्थापनाका सम्बन्धमा सरकार संवेदनशील रहेको बताएका छन्।

बिहीबारको प्रतिनिधि सभाको बैठकमा सांसदहरुसँगको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। जलन पीडित र जलनका घाइतेहरुको उपचार र क्षतिपूर्तिको सन्दर्भ आफू व्यक्तिगत रुपमा समेत गम्भिर रहेको उनको भनाइ छ । उनले तेजाव र अन्य रसायनिक घातक पदार्थ नियमन ऐनले प्रयाप्त व्यवस्था गरेको गरेकोले उक्त विधेयकको छलफलका क्रममा सरकारले आधिकारिक धारणा राख्ने बताए।

उनले भने, ‘जलन पीडित र जलनका घाइतेहरुको सन्दर्भमा अथवा क्षतिपूर्तिको सन्दर्भमा म गम्भिर छु । जलन पीडित र पुनःस्थापनाका सम्बन्धमा सरकार संवेदनशील छ । तेजाव र अन्य रसायनिक घातक पदार्थ नियमन ऐन,२०७९ ले यस सम्बन्धमा प्रयाप्त व्यवस्था गरेको समेत जानकारी गराउँदछु । जलनपीडितहरुको उपचार, पुनःस्थापनाका सन्दर्भमा सदनमा दर्ता भएको निजी विधेयकको सम्बन्धमा दाफावार छलफलको क्रममा सरकारले आफनो धारणा विस्तृत रुपमा राख्ने नै छ ।’

उनले जलन अस्पतालहरुको विस्तार तथा स्तरोन्नति गर्नको लागि समेत सरकारले काम गरिरहेको बताए।

प्रकाशित: ७ चैत्र २०८१ १३:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App