९ चैत्र २०८१ शनिबार
image/svg+xml २१:९ अपराह्न
राजनीति

पूर्वराजाले श्री पाँच महाराजधिराज प्रयोग गरेको प्रति सांसद खतिवडाको आपत्ति

सांसद रामहरि खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाहले फागुन ६ गते दिएको भिडियो सन्देशमा श्री पाँच महाराजधिराज भनेर उल्लेख गरेको र शाही निशानाको झण्डा फहराएको प्रति आपत्ति जनाएका छन्। 

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो आपत्ति जनाएका हुन्। उनले शाही निनाशा २०६५ जेठ १७ गते हटाएर राष्ट्रिय झण्डा राखिएको बताउँदै नेपालको संविधानमा कहीँ पनि श्री पाँच महाराजधिराज नभएको बताए। 

यस्तै उनले संविधान कसले मान्ने र कसले नमान्ने हो भनेर सकारले जवाफ दिनु पर्ने आग्रह गरे। 

'यो शाही निनाशा र २०६५ जेठ १७ गते हटाएर राष्ट्रिय झण्डा राखिएको थियो। र नेपालको संविधानमा कहीँ पनि श्री पाँच महाराजधिराज भनेर उल्लेख छैन त्यसैले यस्तो सन्देश श्री पाँच महाराजधिराज भनेर राख्ने र शाही निशाना झण्डा राख्ने प्रति घोर आपत्ति छ र सरकारले त्यस्ता कार्य नगर्न र संविधान नमिच्न आग्रह गर्दछु,' उनले भने। 

साथै सांसद खतिवडाले संविधान विपरीत गरिएका कामप्रति सरकारको ध्यानाकृष्ट होस् भनेर माग गरेका छन्।

प्रकाशित: ७ चैत्र २०८१ १२:१५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App