११ चैत्र २०८१ सोमबार
image/svg+xml ५:४९ पूर्वाह्न
राजनीति

रवि लामिछानको आह्वानः क्रान्तिका लागि तयार हुनुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)का सभापति रवि लामिछानेले आफूले बोले दुईतिहाईको सरकारलाई अप्ठ्यारो पर्ने भएकाले चुप बसेको बताएका छन् ।  

काठमाडौं जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले बोल्न समय नजिक आउँदै गरेको बताए । उनले भने, 'अहिले मैले बोलेँ भने दुईतिहाईको सरकारलाई गाह्रो पर्ला । बोल्यो भनेर गाह्रो भएको होला। जब बोल्ने समय आउँछ तब केहीको बोल्ती चैं बन्द हुने अवस्था आउँछ । म आवेग र उत्तेजनामा छैन ।'  

मुलुक एउटा गम्भीर अवस्थामा आएको बताउँदै पूर्वउपप्रधानमन्त्री समेत रहेका लामिछानेले एउटा जिम्मेवार र नेपाली जनताले आशा र भरोसाले हेरेको दलको नेतृत्वकर्ताको हैसियतले समय आएपछि आफ्नो धारणा सार्वजनिक गर्ने बताए । सभापति लामिछानेले निकट भविष्यमा नै देशको नेतृत्व युवा पुस्तामा आउने दाबी गर्दै दुईतिहाईको सरकारले पनि आफ्नो बाचाहरु पूरा गर्न नसकेको बताए । आफूले संसदमा बोलेको कुराको स्मरण गर्दै निलम्बित सांसद लामिछानेले भने, 'संसदका दुई ठुला राजनीतिक दलहरु बिना कुनै विसम परिस्थिति मिल्छन् भने त्यसबाट उत्पन्न हुने परिस्थिति कति भयावह हुन्छ भनेर भनेको थिए, अहिले त्यहीँ स्मरणमात्र गराउन चाहान्छु ।'

अहिले सरकार नांगिएको दाबी गर्दै उनले सरकारको लाज छोपिदिनमात्र विभिन्न जिल्लाका अदालत पुगिरहेको बताए । उनले भने, 'समय आउँदैछ, म सबैलाई भन्न चाहान्छु गेट रेडी फर द रेभ्युलेशन ।'

यो पनि पढ्नुहोस्

काठमाडौं जिल्लाको आदेशविरुद्ध उच्च अदालत पुगे रवि

प्रकाशित: ८ चैत्र २०८१ १३:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App