१२ चैत्र २०८१ मंगलबार
image/svg+xml १:५६ पूर्वाह्न
राजनीति

'कसैले हल्ला गर्दैमा गणतन्त्र जाँदैन'

नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले मुलुकमा आएको गणतन्त्र र सङ्घीयतासहितका परिवर्तन कसैले हल्ला गरेर नजाने बताएका छन्।

पार्टीको पूर्वआप्रवासी समन्वय विभागले शनिबार (आज) पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले परिवर्तनबाट पछि फर्किन नसकिने उल्लेख गर्दै भने, 'परिवर्तन नै जान्छ कि जस्तो, गणतन्त्र नै जान्छ कि जस्तो, गणतन्त्र आएकै दिनदेखि त्यो देखिएकै हो। राजाका विरुद्ध बोल्नै नपाइने, संसद्‌मा प्रश्न उठाउनै नपाइने अवस्था थियो। दरबारको प्रशासन राजाकै पहुँचमा थियो, त्यही अवस्थामा वीरेन्द्रको वंशनाश भयो, त्यो बेला नै राजालाई संसद् मातहत राखेको भए सायद त्यस्तो घटना पनि हुने थिएन होला।'

गणतन्त्रको प्राप्तिपछि जनताले स्वतन्त्रताको अनुभूति गर्न पाएको उल्लेख गर्दै उनले भने, 'परिवर्तनपछि देशमा जनताले स्वतन्त्रताको अनुभूति गर्न पाएका छन्, आफ्ना कुरा राख्न पाएका छन्, त्योभन्दा अघि कस्तो थियो, अहिले के छ, तुलना गरौँ।’

प्रकाशित: ९ चैत्र २०८१ २०:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App