१४ चैत्र २०८१ बिहीबार
image/svg+xml ८:५० पूर्वाह्न
राजनीति

कुलमान हटाइएपछि गगनले भने: निर्णय गलत छ, सरकार !

फाइल।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदमुक्त गर्ने सरकारको निर्णयप्रति असन्तुष्टि जनाएका छन्।

उनले सरकारको यो कदमलाई ‘गलत’ भन्दै प्रधानमन्त्रीले सम्हाल्नुपर्ने बेलामा उल्टो निर्णय गरेको आरोप लगाए।

थापाले सामाजिक सञ्जालमार्फत सरकारको निर्णयलाई खण्डन गर्दै लेखेका छन्, ‘’आम नागरिकमा असन्तुष्टि बढ्दो छ। त्यही असन्तुष्टिको तावामा स्वार्थको रोटी सेक्न उद्धत एउटा तप्का सलबलाइरहेको छ। यस्तो बेला सरकारको डेलिभरीबाट त्यो असन्तुष्टिलाई सम्बोधन गर्दै आगो नै निभाइदिऊ भनेर हामी दिन रात नभनी मेहनत गर्ने सरकार चाही आफैँ असन्तुष्टिको आगोमा मट्टितेल हाल्ने काम गर्ने ? हामीले यस्तो नगरौँ है भन्दा सुनेको जस्तो पनि गर्ने तर निर्णय फेरि यस्तो गलत गर्ने ? मन्त्रीहरूले बाटो बिराउँदा प्रधानमन्त्रीले समाल्नु पर्ने हो.. तर विडम्बना त्यो भएन, निर्णय गलत छ, सरकार ! उल्टो बाटो हिँडेर सही गन्तव्य पुगिँदैन।‘’

उनले सरकारको नेतृत्वप्रति गम्भीर प्रश्न उठाएको छ। कुलमान घिसिङको बर्खास्तीलाई लिएर राजनीतिक वृत्तमा तीव्र प्रतिक्रिया देखिएको छ भने सामाजिक सञ्जालमा सरकारको आलोचना चुलिएको छ।

प्रकाशित: ११ चैत्र २०८१ २३:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App