काठमाडौं महानगरपालिका मेयर बालेन शाहले आफ्ना कर्मचारीलाई एक हप्ताभित्र तलब नआए कडा कदम चाल्ने चेतावनी दिएका छन्।
सोमबार साँझ सामाजिक सञ्जालमार्फत् उनले विगत तीन महिनादेखि सरसफाइ कर्मचारीहरू तलब नपाएको भन्दै आक्रोश व्यक्त गरे। उनले कर्मचारीको तलब रोकिएको अवस्था सरकारको दम्भका कारण भएको जिकिर गरे।
‘काठमाडौं महानगरपालिकाका सरसफाइ कर्मचारीले तीन महिनादेखि तलब पाएका छैनन्, यो सरकारको दम्भले,’ उनले लेखेका छन्, ‘को कोले के के आन्दोलन गर्छन्, मलाई थाहा छैन। तर अबको एक साताभित्र हाम्रो कर्मचारीले तलब नपाए सबैलाई टुकुचामा गाडदिन्छु।’
राजनीतिक दलतर्फ संकेत गर्दै मेयर शाहले थप लेखेका छन्, ‘त्यसपछि हेरौँला, तिमीहरूको के कस्तो तन्त्र छ।’
प्रकाशित: ११ चैत्र २०८१ २२:३६ सोमबार