नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेका छन्।
शनिबार (आज) बुटवलमा आयोजित पार्टीको रुपन्देही जिल्ला कमिटीको दशौं अधिवेशनलाई सम्बोधन गर्दै उनले ओलीको आलोचना गरेका हुन्।
'हिजो एउटा यस्तो दिन थियो, जतिखेर ओलीजी कसैलाई रिसाएर हेरे भने त्यो मान्छेलाई आगो लाग्थ्यो। त्यति शक्तिशाली थिए ओलीजी। ओलीजीले रिसले हेरेपछि मान्छे जलेर भष्म हुने दिन थियो। आज ओलीजीले झ्याल खोलेर बाहिर हेर्न नसक्ने दिन आइसकेको छ,' उनले भने।
सानो-तिनो कुरा नभएको पनि उनले बताए। 'यो कुरा हामीले भनेर जनतालाई ब्युँझाउने छौँ। कसरी तिमीले पार्टी बनाउँछौ, कसरी यो परिस्थिति चिर्छौ भन्दा यो सानै शक्ति, पार्टी भए पनि आजदेखि हामी अगाडि बढ्छौँ, राष्ट्रलाई यो अजेन्डामा ल्याएर १० वर्षमा बेरोजगारी अन्त्य हुन्छ, सुशासन हुन्छ, हाम्रो पार्टीका कोही नेता भ्रष्टाचार गर्दैनन्, छोराछोरीहरूले रोजगार पाउँछन् भन्ने बाटो यो हो भनेर हामीले राष्ट्रको अजेन्डा बनाउँछौँ,' उनले भने।
उनल आज राष्ट्रको अजेन्डा नभएको पनि बताए। 'राष्ट्रले अहिले अजेन्डा हराएको छ। अजेन्डा संविधानमा लेखिएको थियो। त्यो संविधान संशोधन गर्ने भनेका छन् नि यिनले,' उनले भने।
देशको अजेन्डा सेट गर्नका लागि दलहरूका बीचमा राजनीतिक सम्मेलन हुनुपर्ने माग भुसालको छ।
यो पनि पढ्नुहोस्
‘ओली, प्रचण्ड, देउवा कान खोलेर सुन, यो सङ्कट यसै जानेवाला छैन’प्रकाशित: ९ चैत्र २०८१ २०:२२ शनिबार