एएफसी एसियन कप २०२७ छनोटको समूह एफमा आज (मंगलबार) नेपालले मलेसियासँग खेल्ने भएको छ। मलेसियाको जोहोरस्थित सुल्तान इब्राहिम स्टेडियममा नेपाली समयअनुसार साँझ ७ः४५ बजे खेल सुरु हुने छ।
फिफा वरीयताको १७५औं स्थानमा रहेको नेपालले १३२औं स्थानको मलेसियाको सामना गर्न लागेको हो। विगतमा मलेसियासँग भएका सात खेलमा नेपालले कुनै खेलमा जित हासिल गर्न सकेको छैन। अन्तिम पटक सन् २०१९ मा नेपाल २-० ले पराजित भएको थियो।
सन् १९८३ मा नेपालले मलेसियासँग ७-० को फराकिलो हार ब्यहोरेको थियो। सन् १९८० को दशकमा विश्वकप छनोटमा एक बराबरीबाहेक अन्य खेलमा पनि नेपाल पराजित भएको इतिहास छ। नेपाल आज त्यो रेकर्ड तोडेर पहिलो जितको लक्ष्यका साथ मैदानमा उत्रनेछ। उता मलेसिया भने यसअघिका जितलाई निरन्तरता दिने तयारीमा हुनेछ।
प्रकाशित: १२ चैत्र २०८१ १३:४८ मंगलबार