२ कार्तिक २०८३ सोमबार
image/svg+xml
राजनीति

भारतीय राजनीतिमा नेहा बोरा नयाँ आशाका रूपमा उदाउँदै छिन् : महासचिव पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले भारतीय राजनीतिमा नेहा बोरा युवाहरूका माझ नयाँ आशा र भरोसाका रूपमा उदाउँदै गरेको बताएका छन्।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत महासचिव पोखरेलले यस्तो बताएका हुन्। उनले शालीन र शान्तिपूर्ण आन्दोलनको वास्तविक शक्ति नेहा बोराले प्रमाणित गरिरहेको उल्लेख गरेका छन्। यसले लोकतन्त्रको भविष्य र वाम आन्दोलनप्रति नयाँ आशा जगाएको उनको भनाइ छ।

'भारतीय राजनीतिमा नेहा बोरा युवाहरूका माझ एउटा नयाँ आशा र भरोसाको रूपमा उदाउँदै छिन्। शालीन र शान्तिपूर्ण आन्दोलनको वास्तविक शक्ति के हो भन्ने कुरा उनले प्रमाणित गरेर देखाइरहेकी छिन्। यसले लोकतन्त्रको भविष्य र वाम आन्दोलनप्रति नयाँ आशाको सञ्चार गराएको छ,' उनले सामाजिक सञ्जालमार्फत भने।

पोखरेलले नेहा बोरा र भारतीय युवाहरूलाई हार्दिक बधाईसमेत दिएका छन्।

प्रकाशित: २९ आश्विन २०८३ ११:०४ बिहीबार