सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट हटाएको छ।
सोमबार (आज) साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई हटाउने निर्णय गरेको हो।
घिसिङ २०७८ साउन २५ गते दोस्रो पटक प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए।
चार वर्षीय उनको कार्यकाल आउँदो साउन २४ गते सकिँदै थियो। तर, सरकारले कार्यकाल सकिनु चार महिना मात्रै बाँकी छँदा हटाएको हो।
घिसिङ डेडिकेटेड र ट्रंकलाइनका कारण विवादमा थिए। यसअघि ऊर्जामन्त्री दीपक खड्काले घिसिङलाई कारबाही गर्नका लागि प्रस्ताव मन्त्रिपरिषद पुर्याएका थिए। यसपछि सरकारले हटाएको हो।
प्रकाशित: ११ चैत्र २०८१ २०:३० सोमबार