नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले आठ महिना अघिसम्म जनताहरूमा त्यति निराश नछाएको बताएका छन्।
मंगलबार प्रतिनिधि सभामा सम्बोधन गर्दै उनले आठ महिना अघिसम्म जनताहरूमा त्यति निराश नछाएको बताएका हुन्।
उनले भने, 'आठ महिना अघिसम्म देशमा त्यति ठुलो असन्तुष्टि थिएन। माइतीघर पनि लगभग खाली भइसकेको थियो। आज मिटर ब्याज पीडितले सिडिओ अफिसभित्रै आत्महत्या गर्न खोजेको पढ्न परेको छ। गुठी पीडित जनता सयाैं किलोमिटर छिचोलेर आफ्नो कुरा सुनाउन आएका छन्। शिक्षकहरू चक डस्टर छोडेर आन्दोलन गर्न आएका छन्। सहकारी पीडित झन पीडित भएका छन्।'
प्रकाशित: २७ फाल्गुन २०८१ १४:०३ मंगलबार