२० पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

‘नो केबलकार’ भन्नेसँग कांग्रेसको सैद्धान्तिक असहमति

नेपाली कांग्रेसले पाथीभरा केबलकारको विषयमा सिर्जित विवाद वार्ता र संवादका माध्यमबाट टुंग्याउन सकिने बताएको छ।  

शुक्रबार सभापति शेरबहादुर देउवानिवास बुढानिकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले यस्तो निष्कर्ष निकालेको हो।

‘पाथीभराको विषयमा वार्ता गर्ने हो । निष्कर्षमा नपुगेसम्मका लागि निर्माण कार्य स्थगत गरेको छ सरकारले त्यसलाई समर्थन गर्दछ,’ बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भने, ‘नो केबलकार’ भन्नेसँग हाम्रो सैद्धान्तिक सहमति छैन। तर कुरा के हो भने वार्ता गर्न र त्यहाँ देखिएका समस्यालाई भने सम्बोधन गर्न कांग्रेस तयार छ।’  

जुनसुकै समस्यालाई पनि बसेर सहज ढंगले वार्ताका माध्यमबाट सम्भव छ भन्नेमा कांग्रेस विश्वस्त रहेको उनले बताए। ‘तर, नो केबलकार भन्ने नारा कांग्रेस सहमत हुन सक्दैन,’ घिमिरेले भने।

प्रकाशित: १६ फाल्गुन २०८१ १८:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App