३ वैशाख २०८२ बुधबार
image/svg+xml १७:२० अपराह्न
राजनीति

ओडिशा घटनामा भारतीय दूतावासले भन्यो- दोषीलाई कानूनअनुसार कारबाही गरिनेछ

काठमाडौंस्थित भारतीय दूतावासले ओडिशा घटनाका दोषीहरूलाई कानूनअनुसार कारबाही हुने बताएको छ।

मङ्गलबार (आज) साँझ एक प्रेस नोट जारी गर्दै दूतावासले यस्तो बताएको हो। 'विद्यार्थीहरूविरुद्ध दूराचारका घटनाहरूमा अनुसन्धानको प्रक्रियामा छन्। दोषी ठहरिएकाहरूलाई कानूनअनुसार कारबाही गरिनेछ,' नोटमा उल्लेख गरिएको छ।

नोटमा ओडिशा सरकार तुरुन्तै सतर्क भई आवश्यक कदम चालेको पनि उल्लेख गरिएको छ। 'यस क्रममा सुरक्षा गार्डहरूलाई पक्राउ गर्न तथा संलग्न दोषी अधिकारीहरूलाई निलम्बन गर्नका लागि कदम चालिएको छ,' त्यहाँ भनिएको छ।

यस्तै ओडिशा सरकार प्रत्येक विद्यार्थीको सुरक्षासँगै उनीहरूको मर्यादा र भलाइ सुनिश्चित गर्न प्रतिबद्ध रहेको कुरा नोटमा उल्लेख छ। 'सरकारले न्याय छिटो र निष्पक्ष रूपमा प्रदान गर्न आवश्यक सबै कदम चाल्नेछ,' त्यहाँ भनिएको छ।

यसअघि सोमबार ओडिशास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा बी.टेक तेस्रो वर्ष पढ्दै गरेकी नेपाली विद्यार्थी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् भने अन्य विद्यार्थीहरूमाथि दुर्व्यवहार भएको रिपोर्टहरू सार्वजनिक भएका छन्।

प्रकाशित: ६ फाल्गुन २०८१ १८:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App