राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले देशको कूटनीतिक रणनीति कमजोर हुँदा छिमेकी देशको एउटा कलेजको चौकीदारले पनि सजिलै नेपालीलाई कुटेको बताएका छन्।
मंगलबार प्रतिनिधि सभामा बोल्दै उनले भारतको ओडिसामा भएको प्रकृति लम्सालको घटनालाई जोड्दै सो कुरा बताएका हुन्।
उनले भने, 'हाम्रो कूटनीतिक रणनीति कति कमजोर भयो की छिमेकको एउटा कलेजको चौकीदारले हाम्रा नागरिकलाई सजिलै कुट्न पाए। र तिम्रो देशको बजेट हाम्रो कलेजको जति पनि छैन भनी हेप्न पाए। हामी दुई तिहाइको दम्भ सदन बाहिर कसैले पनि महसुस गर्न त पाएका रहेनछन्। छिमेकी देशमै हाम्रा नागरिकको सुरक्षा र सम्मान छैन।'
प्रकाशित: ६ फाल्गुन २०८१ १३:४४ मंगलबार