२४ चैत्र २०८१ आइतबार
image/svg+xml १८:१५ अपराह्न
राजनीति

पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्ध ललिता निवास जग्गा प्रकरणमाथिको सुनुवाइ सकियो

बिहीबार नै फैसला आउने सम्भावना

पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईमाथि ललिता निवासको जग्गा प्रकरणमा मुद्दा चलाउन माग दाबीसहित परेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ सकिएको छ ।

न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ भएको हो । उक्त रिटमाथि बिहीबार नै फैसला आउने सम्भावना छ ।

ललिता निवास प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल र भट्टराईविरुद्ध मुद्दा नचलाउने निर्णय गरेपछि वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले पाँच वर्षअघि सर्वोच्चमा रिट हालेका थिए । उनले रिटमा उक्त निर्णय बदर गर्दै मुद्दा चलाउन आदेशको माग गरेका छन् ।

नेपाल र भट्टराईले नीतिगत निर्णय मात्रै गरेकाले मुद्दा नचलाउन नपर्ने निर्णय अख्तियारको छ ।

प्रकाशित: १ फाल्गुन २०८१ १४:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App