२४ चैत्र २०८१ आइतबार
image/svg+xml २१:२४ अपराह्न
राजनीति

दाहालको स्वीकारोक्ति: संविधान संशोधनीय छ, जताबाट कुरा उठे पनि स्वाभाविक

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनबारे जताबाट कुरा उठे पनि स्वाभाविक रहेको प्रतिक्रिया दिएका छन्। आइतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले यस्तो बताएका हुन्। 

‘अहिले प्रतिपक्षी दलको नेताको हैसियतमा होइन, यो संविधान निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको नेताको हिसाबमा यो संविधानलाई अझैँ परिमार्जन गर्नुपर्छ भन्ने हिसाबले सुझाव पनि दिनुभएको छ। मैले त्यो कुरा हेक्का राखेको पनि छु,’ अध्यक्ष दाहालले भने, ‘यो संविधान संशोधनीय छ। एक दशकपछि संविधानपछि समीक्षा गर्ने कुरा पनि संविधानमै राखेका थियौँ।’ त्यस कारण समीक्षाका बारेमा कुरा उठ्नु स्वाभाविक रहेको उनले बताए।

‘यसका सबल र दुर्बल पक्षका बारेमा चर्चा परिचर्चा गर्नु बिलकुल स्वाभाविक छ। र, जताबाट जसरी सुरुवात भएको छ त्यो राम्रो कुरा हो,’ दाहालले भने। अब सबैले आआफ्नो ठाउँबाट योगदान गर्दै एउटा राम्रो राष्ट्रिय दृष्टिकोण बनाउनतिर ध्यान दिनुपर्ने अध्यक्ष दाहालले बताए।

उनले भने, ‘तर, त्यसो गर्दा यहाँ फेरि दुइटा विचार, दुइटा दृष्टिकोणका बिचमा बहस छ भन्ने कुरालाई पनि हामीले बुझ्नुपर्छ र त्यसका आधारमा राष्ट्रिय दृष्टिकोण बनाउनुपर्छ।’

प्रकाशित: २७ माघ २०८१ १७:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App