आठ दलीय मोर्चाको कार्यदल स्तरीय बैठकले अगामी कार्यको निम्ति दस्ताबेज बनाउने निर्णय गरेकाे छ।
शुक्रबार लोसपा नेपालको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले सो निर्णय गरेको हो।
मोर्चाको नाम, अवधारणा, एजेन्डा र आचारसंहिता लेखनको निम्ति सदस्यहरुलाई भनिएको छ। छिट्टै दस्ताबेजको ड्राफ्ट तयार गरी कार्यदलको अर्को बैठक गर्ने निर्णय पनि बैठकले गरेको छ।
प्रकाशित: १८ माघ २०८१ १७:५८ शुक्रबार