प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा सुधार आएको छ। गत शुक्रबारदेखि अस्वस्थ भएका प्रधानमन्त्री ओली सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्।
आज उनी विभिन्न कार्यक्रममा सहभागी हुन लागेका छन्। आज प्रधानमन्त्री ओली बिहान साढे १० बजे सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको अवसर पारी नेपाल प्रशासनिक प्रशिक्षण ललितपुरमा आयोजना हुने कार्यक्रममा जाँदैछन्।
त्यसपछि दिउँसो एक बजे भक्तपुरको कटुन्जेस्थित सूर्यविनायक नगरपालिकाको प्रशासकीय भवन उद्घाटन गर्नेछन्। साँझ ५ बजे बस्न लागेको सत्तारूढ दलहरूको बैठकमा समेत प्रधानमन्त्री ओली सहभागी हुने सचिवालयले जानकारी दिएको छ।
प्रकाशित: १४ माघ २०८१ १०:०४ सोमबार