राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले तत्कालै संसदीय दलको नेता नचुन्ने बताएको छ।
अहिलेका लागि उपनेता विराजभक्त श्रेष्ठले नै त्यसमा कार्य गर्ने कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले नागरिकसँग बताए। 'तत्कालका लागि नेता चुन्दैनौँ, त्यसमा उपनेताले नै कार्य गर्नुहुन्छ,' सोमबार (आज) महामन्त्री बुर्लाकोटीले भने।
उनले सभापति रवि लामिछाने नै सदन जाने अवस्था बन्ने दाबी पनि गरे। 'सभापतिज्यू नै चाँडै नै सदन जाने अवस्था बन्छ भन्ने हामीलाई लागेको छ,' उनले भने।
उपनेता विराजभक्त श्रेष्ठले संसदीय दलको बैठक माघ १६ गतेका लागि आह्वान गरेका छन्। उनले पहिलोपटक कार्यकारी अधिकारको प्रयोग गर्दै बैठक आह्वान गरेका हुन्।
सभापति लामिछाने सहकारी ठगी मुद्दामा प्रहरी नियन्त्रणमा छन्। उनी कास्की, काठमाडौं र रुपन्देहीबाट धरौटी राखेर रिहा भएका छन् भने चितवन र पर्साबाट निर्णय आउन बाँकी छ।
प्रकाशित: १४ माघ २०८१ २१:१८ सोमबार