१६ फाल्गुन २०८२ शनिबार
image/svg+xml
राजनीति

बहुमत प्रदेश र जिल्ला सभापतिको वक्तव्य: विशेष महाधिवेशन अवैध, संवादबाट समाधान खोजौँ

नेपाली कांग्रेसका बहुमत प्रदेश सभापति र जिल्ला सभापतिहरूले वार्ता र संवादका माध्यमबाट समस्याको समाधान खोज्न पार्टी केन्द्रलाई आग्रह गरेका छन्। शनिवार पाँच प्रदेश सभापति, दुई प्रदेश उपसभापति र ४७ जिल्ला सभापतिहरूले संयुक्त वक्तव्य निकाल्दै फागुन २१ को निर्वाचनमा लाग्नुपर्ने बेला पार्टी संकटमा फसेको भन्दै संवादबाट समाधान निकाल्न आग्रह गरेका छन्।

वक्तव्यमा ‘गम्भीर राजनीतिक परिस्थितिमा नेपाली कांग्रेसका महाधिवेशनको माग गरी हस्ताक्षर’ सङ्कलन गरेको स्वीकार गरिएको छ। तर त्यसरी हस्ताक्षर गर्नेहरू सबैले विशेष महाधिवेशन माग नगरेको दाबी गरिएको छ। 

‘केही महाधिवेशन प्रतिनिधिहरूले नियमित महाधिवेशन हुन नसकेको अवस्थामा मात्र विशेष महाधिवेशनको माग गरेको, केही महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गरेको र केही महाधिवेशन प्रतिनिधिहरू तटस्थ रहेको अवस्था समेत विद्यमान छ,’ वक्तव्यमा भनिएको छ। 

१५ औँ महाधिवेशनको कार्य तालिका आइसकेको अवस्थामा नियमित अधिवेशनकै प्रक्रिया अगाडि बढेको अवगत गराउँदै विशेष महाधिवेशन बोलाउने वैधानिक अधिकार केन्द्रीय तहको मात्र रहेको ठहर वक्तव्यमा गरिएको छ। 

‘विशेष महाधिवेशनको उपर्युक्त वातावरणसमेत नभएको हुँदा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले अझै पार्टी एकताको प्रयास गरी वार्ता र संवादमार्फत पार्टी विभाजनबाट बचाउन केन्द्रित हुनु आवश्यक छ,’ वक्तव्यमा भनिएको छ। 

No description available.
No description available.
No description available.

प्रकाशित: २६ पुस २०८२ १७:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App