धरान उपमहानगरपालिका प्रमुख हर्क साम्पाङले भिजनबिनाको मान्छे नेता नभएर ठग हुने बताएका छन्।
सामाजिक सञ्जाल फेसबुकमा आइतबार राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सुप्रिम सहकारी ठगी प्रकरणमा रूपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा छोड्न आदेश गरेको केही घण्टामा नै साम्पाङको यस्तो प्रतिकृया आएको हो।
त्यसपछि उनले फेरि अर्को स्टाटस राख्दै भनेका छन्, ‘चोर, डाका, लुटेरा र ठगमध्ये कसलाई भोट दिने भनेर नेपाली अलमलमा परे, यता भीर उता खाडी भने जस्तो भयो !’ उनले यसमा कसैको नाम नलिएको भएपनि यो कुरा रवि लक्षित नै भएको देखिन्छ।
लामिछाने यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगीमा कास्की जिल्ला अदालतबाट ६५ लाख र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट ६० लाख धरौटीमा रिहा भइसकेका छन्।
प्रकाशित: १४ माघ २०८१ ०७:५९ सोमबार