नेकपा एमालेको संसदीय दलको बैठक आज बस्ने भएको छ।
आज (मंगलबार) दिउँसो १ बजेका लागि बैठक बोलाइएको हो। संघीय संसद् भवनको ल्होत्से हलमा बैठक बस्ने छ।
माघ १८ गतेदेखि सुरु हुने संघीय संसद्को हिउँदे अधिवेशनको तयारीका लागि बैठक बस्न लागेको बताइएको छ।
प्रकाशित: १५ माघ २०८१ ०८:५७ मंगलबार