१३ माघ २०८१ आइतबार
image/svg+xml
राजनीति

कांग्रेस–एमाले छोडेर माओवादीमा प्रवेश, अध्यक्ष दाहालले गरे स्वागत

<br>

चितवनमा विभिन्न पार्टीका नेता-कार्यकर्ताहरू नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन्। पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहालले उनीहरूलाई स्वागत गरे। 

प्रवेश गर्नेमा एमालेका गोपाल बस्नेत, प्रदीप पौडेल, सुशील पण्डित क्षेत्री, चुनबहादुर, काङ्ग्रेसका अरुणकुमार चौधरी, राप्रपाका चित्रबहादुर सोती, नेपाल समाजवादी पार्टीका प्रदेश सदस्य दीपक घर्ती र चन्द्रबहादुर घर्ती छन्। 

भारतीय सेनाका पूर्व क्याप्टेन केबी गुरुङ पनि प्रवेश गरे। अध्यक्ष दाहालले नवप्रवेशीलाई यथोचित जिम्मेवारी दिन स्थानीय नेतृत्वलाई निर्देशन दिए। उनले माओवादीको सुशासन, सामाजिक न्याय र समृद्धिका लागि थालिएको अभियानबाट देशव्यापी जनआकर्षण बढेको दाबी गरे।

प्रकाशित: ८ माघ २०८१ १३:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App