सुर्खेतको बीरेन्द्रनगर नगरपालिका-३ तातापानी बस्ने दल बहादुर गुरुङको छोरा ११ वर्षीय सुप्रिम गुरुङको सोही नगरपालिका-९ तिलपुरस्थितबाँधमा डुबेर शनिबार दिउँसो मृत्यु भएको छ।
डुबेर अशक्त भएका उनको कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचारको क्रममा मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
प्रकाशित: १३ माघ २०८१ १४:३० आइतबार