१८ माघ २०८२ आइतबार
image/svg+xml
कला/साहित्य

जय छाङ्छाको नयाँ नियात्रा अनुसन्धान कृति लोकार्पण

नियात्राविद् जय छाङ्छाको अनुसन्धानात्मक कृति ‘प्राचीन नियात्रा साहित्यको विश्लेषणात्मक अध्ययन’ हालै लोकार्पण गरिएको छ। कृति भुँडीपुराण प्रकाशनका कार्यकारी निर्देशक केशव पराजुली, राजेन्द्र पराजुली, नियात्राकार ज्ञानेन्द्र विवश, खम्बु चन्द, कर्ण दयाल सोराडी, भीमसिंह धामी र श्रीराम राईले संयुक्त रूपमा लोकार्पण गरेका छन्।

कृतिमा प्राचीन नेपाली तथा पाश्चात्य नियात्राको प्रवृत्ति, प्रारम्भिक महिलाको नियात्रामा योगदान, नियात्रा सिर्जनामा अस्पष्टता, नियात्रा बिम्बविधान र नियात्राका सौन्दर्यबोधका पक्षहरूको विश्लेषण गरिएको छ। यसअघि छाङ्छाले २०७७ सालमा ‘नियात्रा विधा परिचय, अनुसन्धानात्मक कृति’ रत्नपुस्तक भण्डारबाट प्रकाशित गरिसकेका छन्।

जय छाङ्छाका आठ नियात्रा कृतिहरू प्रकाशित भइसकेका छन्: कङ्गारुको देशदेखि आइफेल टावरसम्म (२०५२), चाँप फुल्ने पहाडमुन्तिर (२०५४), बादल रुँदाको जुरिच (२०५९), बिब्ल्यान्टो आकाशको धरातलतिर (२०६४), दोहाको सीधा उडान (२०७३), पैदलै काठमाडौंका चुलीहरू (२०७५), साङ्ग्रिलाका पुछारीतिर (२०८०) र क्याम्फोर रेन इन दार्जिलिङ (२०२०)।

कृति नियात्रा अध्ययन र अनुसन्धानका लागि महत्वपूर्ण स्रोत मानिएको छ र यसले नियात्रा साहित्यको गहन विश्लेषण प्रस्तुत गर्दै पाठक र अनुसन्धानकर्तालाई नयाँ दृष्टिकोण प्रदान गर्ने अपेक्षा गरिएको छ।

 

प्रकाशित: ३० पुस २०८२ १६:५६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App