नेकपा एमालेले सचिवालय बैठक आज बस्ने भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा दिउँसो साढे १२ बजे सचिवालय बैठक बस्न लागेको हो।
एमालेले आगामी २१ र २२ पुसमा केन्द्रीय कमिटी बैठक बोलाएको छ। त्यसबारे पछि छलफल हुने बताइएको छ।
यसअघि बसेको सचिवालय बैठकले पूर्वउपाध्यक्ष भीम रावललाई निष्कासन गरेको थियो।
प्रकाशित: १८ पुस २०८१ ०८:०३ बिहीबार





