गृहमन्त्री रमेश लेखकले सुरक्षाकै कारण उपचुनाव बिथोलिन नहुने भन्दै सुरक्षा निकायको ध्यानाकर्षण गराएका छन् ।
देशभरका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा समितिका पदाधिकारीको बैठकलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री लेखकले यसरी ध्यानाकर्षण गराएका हुन् ।
निर्वाचनको सुरक्षालाई सामान्य रूपमा नलिन आग्रह गर्दै उनले भने, "३३ जिल्लाका ४१ स्थानमा उपनिर्वाचन हुँदैछ । शान्ति सुरक्षा नभएर पुनः मतदानको स्थिति आए सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख जिम्मेवारी हुनुहोला ।"
निर्वाचन सुरक्षाका लागि आवश्यक परे नेपाली सेनासमेत परिचालन गर्नसक्ने विषयमा सरकारले तयारी गरेको उनले जानकारी गराएका छन् ।
प्रकाशित: ७ मंसिर २०८१ १९:३५ शुक्रबार