१३ पुस २०८२ आइतबार
image/svg+xml
राजनीति

भेनेजुएला भ्रमण सकेर स्वदेश फर्किए अध्यक्ष नेपाल

फाइल तस्बिर।

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल भेनेजुएलाको भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किएका छन्।

भेनेजुएलाको पार्लियामेन्ट्री फोरमको यही कात्तिक १९ र २० गते आयोजित सम्मेलनमा अध्यक्ष नेपालले सम्बोधन समेत गरेका थिए। उनलाई स्वागत गर्न पार्टी नेता तथा कार्यकर्ता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए।

विमानस्थलमा सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै अध्यक्ष नेपालले सम्मेलनमा सहभागी प्रतिनिधिसँग अनुभव आदानप्रदान गर्नेबारे छलफल गरिएकाले भ्रमण फलदायी रहेको जानकारी दिए।

उनले सम्मेलनमा त्यहाँका शीर्षनेताहरूसँग बहुपक्षीय सहयोग आर्थिक, राजनीतिक तथा सामाजिक विकासमा सहकार्य गर्ने विषयमा जोड दिइएको बताए।

अध्यक्ष नेपाल यही कात्तिक १७ गते त्यसतर्फ प्रस्थान गरेका थिए।

प्रकाशित: २४ कार्तिक २०८१ २०:५२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App