५ कार्तिक २०८१ सोमबार
image/svg+xml
राजनीति

नेसपाको पहिलो विधान अधिवेशन आजदेखि पोखरामा सुरु हुँदै

बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) को पहिलो विधान अधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ। महाधिवेशनमा मुलुकभरबाट ५ सय प्रतिनिधि पोखरा पुगिसकेका छन्।  

पोखराको सभाहलमा मध्यान्ह १२ बजेदेखि अधिवेशन सुरु हुने बताइएको छ। आजदेखि सुरु हुने अधिवेशनको दोस्रो सत्रमा संयोजक डा बाबुराम भट्टराईले विधान मस्यौदा पेस गर्ने कार्यसूची छ।

समूहगत छलफल सकिएपछि मङ्गलवार निष्कर्ष सुनाउने कार्यसूची बनाइएको छ। बन्दसत्रबाट आएका प्रश्नको जवाफ दिएपछि अधिवेशन सम्पन्न हुने छ।महिन्द्र राय यादवले गत चैतमा नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने निर्णय गरेपछि नेसपा विभाजन भएको थियो।  

प्रकाशित: ५ कार्तिक २०८१ १०:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App