२ कार्तिक २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सभापतिको गिरफ्तारी सहज रूपमा दिन्छौँ, प्रतिकार गर्दैनौँ: मनिष झा

क्याप्शन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले पार्टी सभापति रवि लामिछानेको गिरफ्तारीमा प्रतिकार नगर्ने बताएका छन्।

लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएपछि प्रतिक्रिया दिँदै झाले सो कुरा बताएका हुन्। 

उनले भने, 'हामी कानुनी राज्यको सम्मान गर्छौँ। हामी सहज रूपमा गिरफ्तारी दिन्छौँ, प्रतिकार गर्दैनौँ।'

त्यस्तै उनले लामिछानेलाई पक्राउ गर्न पुर्जी लिएर प्रहरी टोली पार्टी केन्द्रीय कार्यालय आएको पनि बताए। 

प्रकाशित: २ कार्तिक २०८१ १७:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App