बर्दिबासमा बुढ्यौली साहित्य समाज महोत्तरीको दोस्रो अधिवेशन तथा साताैँ शृङ्खला सम्पन्न भएको छ।
बर्दिबासमा सम्पन्न अधिवेशनबाट कार्यकारिणी समिति अध्यक्षमा लालबाबु शर्मा, उपाध्यक्षमा बोधराज दाहाल, सचिवमा सुदर्शन भट्टराई, सहसचिवमा मोहन गिरी र कोषाध्यक्षमा देवी घिमिरे रहेका छन्। त्यस्तै सदस्यहरूमा नारद काफ्ले र शान्ता काफ्ले छानिएका छन्।
कार्यक्रममा बुसास मधेस प्रदेशका अध्यक्ष लम्बोदर काफ्ले, प्रदेशकै सचिव रामचन्द्र पौडेल, कुमार दाहाल कुसुम, गणेश तिमल्सिना, सुदर्शनप्रसाद भट्टराई, केदार सिग्देल, ध्रुव बखरेल, गणेश तिमल्सिना लगायतले रचना वाचेका थिए।
नियात्राकार रमेशमोहन अधिकारी प्रमुख अतिथि रहेको तथा सर्लाही, महोत्तरी, धनुषा तथा मकवानपुरका स्रष्टाहरू सहभागी सो कार्यक्रमको सञ्चालन महोत्तरी सचिव नारद काफ्ले, स्वागत सदस्य मोहन गिरीले तथा सभाध्यक्षता अध्यक्ष लालबाबु शर्माले गरेका थिए।
प्रकाशित: १४ पुस २०८२ १०:५५ सोमबार





