२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

राजश्वको लक्ष्य पूरा नभए हामी कोही सुरक्षित हुँदैनौं: अर्थमन्त्री

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजश्वको लक्ष्य पूरा नभए कोही पनि सुरक्षित नहुने बताएका छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले लिएको राजश्वको लक्ष्य पूरा गर्न नसके मन्त्री, सचिव, विभागका महानिर्देशक, उपमहानिर्देशक र कार्यलय प्रमुखहरु कोही पनि सुरक्षित नहुने जिकिर गरे।

अर्थमन्त्री पौडेलले राजश्वको लक्ष्य जसरी पनि पूरा गर्न मातहतका निकायहरुलाई निर्देशन समेत दिए। लक्ष्य पूरा गर्नका लागि करदाताहरुसँग मैत्रीपूर्ण व्यवहार गर्न सक्नुपर्ने धारणा राखे।

उनले भने "यो लक्ष्य पूरा गर्नका निम्ति हामी करदाताहरुसँग मैत्रीपूर्ण व्यवहार गर्न सक्नुपर्छ। त्रास, आतंक, भय सिर्जना गर्ने, भय दोहन गर्ने तरिकाबाट आजको कर प्रशासन सम्पूर्ण रुपमा अलग हुनुपर् । के बुझ्नुपर्छ भने यदी हामीले भय दोहन गर्नखोज्छौँ, त्रास सिर्जना गर्न खोज्छौँ भने एउटा यस्तो बिन्दु आउँछ, जतिबेला मान्छेले प्रतिवाद गर्दछ। प्रतिवादमा उत्रियो भने काम तमाम हुन्छ। कर दातासँग मैत्रीपूर्ण व्यवहार गर्ने हो।"

उनले अधिकांश कर कार्यालयहरुमा सेवाग्राहीहरुलाई गर्ने व्यवहारमा सुधार भएको र अझै केहीमा हुन नसकेको भन्दै करदातामैत्री व्यवहार गर्न निर्देशन दिए।

"मिठो बोलेर के बिग्रिन्छ। विभिन्न कर कार्यालयहरुमा सेवाग्राहीहरुलाई कस्तो व्यवहार हुन्छ जानकारी दिनुस् भनेको छु।" उनले भने "धेरै ठाउँमा सुधार भएका छन्, मैत्रीपूर्ण व्यवहार गर्नुभएको छ, मिठो बोल्ने गर्नुभएको छ। तर कतिपय ठाउँमा अझै आदत बदलिएको छैन।’

उपप्रधानमन्त्री पौडेलले करदातामैत्री व्यवहार गर्न कर्मचारीहरुलाई निर्देशन दिए। आफूले गर्ने कामलाई लगनशील भएर गर्नुपर्नेमा उपप्रधानमन्त्री पौडेलले जोड दिए।

प्रकाशित: २१ आश्विन २०८१ १५:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App