२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
राजनीति

जनसेवामा निरन्तर जुट्न कार्यकर्तालाई अध्यक्ष दाहालको निर्देशन

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले रामेछापमा पहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्।

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत रामेछापको दोरम्बा शैलुङ गाउँपालिका ३ टोकरपुरको लेकखर्कमा पहिरोमा परी छ जनाको दुखद निधन, चार जना बेपत्ता र एक जना घाइते भएको तथा चारवटा घर पूर्णरुपमा क्षतिग्रस्त भएको खबरले स्तब्ध बनाएको उल्लेख गर्दै उक्त घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार, उपचार र राहतमा प्रभावकारी पहल गर्न सरकारको ध्यानाकर्षण गराउन गराएका छन्।

‘प्राकृतिक प्रकोपका मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु’– अध्यक्ष दाहालले भने, ‘उद्दार कार्यमा आवश्यक सहयोग र सहकार्यमा जुटेका हाम्रा पार्टीका सबै नेता कार्यकर्तालाई धन्यवादसहित जनसेवामा निरन्तर जुट्न निर्देशित गर्दछु।’

प्रकाशित: ९ भाद्र २०८१ १५:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App